देश/समाज

पोल्यान्ड पठाइदिने भन्दै ८१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ

पौष २४ बुधबार
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ८१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–३१ बस्ने ३१ वर्षीय कुष्ण यदुवंशी र गोरखाको सुलिकोट गाउँपालिका–४ घर भई काठमाण्डौ महानगरपालिका–२६ सामाखुशी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् ।

पोल्यान्ड पठाइदिने भन्दै कृष्णले ७२ लाख ४८ हजार एक सय ५० र राजेशले आठ लाख ९० हजार रुपैयाँ ठगी गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ थरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए।

Related Post
Share

This website uses cookies.