देश/समाज

भीम उपाध्यायविरूद्ध कसले दियो उजुरी !

काठमाडौं,८ भदौ । सामाजिक सञ्जालमा चर्चित एवं पूर्वसचिव भीम उपाध्यायविरूद्ध प्रहरीमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता भएको छ । उपाध्यायविरुद्ध चितवनकी एक महिलाले बिहीबार प्रहरीमा उजुरी दिएकी हुन् ।

करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडिओलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट मानहानि र चरित्रहत्या गरेको भन्दै भरतपुर–१६,की पूर्णिमाया गुरूङले उजुरी दिएकी हुन् ।

गुरुङले आफ्नो तस्बिर अनधिकृतरूपमा सामाजिक सञ्जालमा तस्बिर राखेर चरित्रहत्या गरिएकाले उनलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने माग निवेदनमा माग गरेकी छिन् ।

भीम उपाध्यायले ती महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट गरेका थिए ।

 

Related Post
Share

This website uses cookies.