खेलकुद

इङ्लिस प्रिमियर लिगमा टोटनहम भिल्लासँग पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ ।

जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ ।

टोटनहम घरेलु मैदानमा एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र डुग्लसा लुइसले समान एक गोल गरे ।

खेलको ५० औं मिनेटमा इमीको गोल मार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो ।

इमीले ओली वाट्किन्सको पासलाई सदुपयोग गरेका थिए ।

७३ औं मिोटमा डुग्लासले गोल गर्दै एस्टन भिल्लालाई २–० को जित दिलाएका थिए ।

Related Post
Share

This website uses cookies.