मनोरञ्जन

मनोज कार्कीको नयाँ गीत मुनामदन–२ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १८ पुष । सामाजिक अभियन्ता एवम् निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन-२ को म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौं बानेश्‍वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो ।

चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा शब्द र संगित पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ । राजु कार्कीको एरेन्ज रहेको उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्‍ठ र नवनायिका याङसु श्रेष्‍ठलाईअभिनयमा देख्न सकिन्छ ।

जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ।

Related Post
Share

This website uses cookies.