अपराध

अफिमको अवैध कारोबार गर्ने २ जना पक्राउ

बाँके, २९ भदौ । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध अफिमको अवैध कारोबार गर्ने २ जनालाई सोमबार पक्राउ गरेको छ । सुराकीको आधारमा बाँकेको राप्तीसोनारी १ कुशुम बजारबाट १० किलो अफिम सहित २ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ पर्नेमा रुकुम पुर्व उत्तरगंगा गाँउपालिका ८ का ५३ वर्षीय धनबहादुर सेन र घोराही उपमहानगरपालिका वडा नं. १९ का २४ वर्षीय बसन्त घर्ती मगर रहेका छन् ।

दाङबाट अवैध लागुपदार्थ सहित केही व्यक्ति बाँके प्रवेश गर्न लागेको गोप्य सूचनाका आधारमा कुशुम बजारबाट उनिहरुलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ । लागु औषध नियसन्त्रण ऐन अन्तरगत कारोबारीहरुलाई १५ वर्ष जन्म कैद र ५ लाखसम्म जरिवाना हुने कानुनी सजाय रहेको छ ।

Related Post
Share

This website uses cookies.