देश/समाज

कर्णाली नदीको बहावले खतराको चिन्ह पार

बर्दिया,२८ साउन। अविरल वर्षाले कर्णाली नदीले तटबन्ध कटान गर्न थालेपछि बर्दियाको राजापुर क्षेत्र जोखिममा परेको छ । बर्दियाको राजापुर नगरपालिका–३ को तिग्रा गाउँमा कर्णाली नदीले करिब ५ सय मिटर तटबन्धमा क्षति पु¥याउँदा राजापुर बजारकासाथै तिग्रा गाउँ पुरै जोखिममा परेको हो ।

पहाडी जिल्लाहरुमा लगातारको भारी वर्षापछि बर्दियामा कर्णाली नदीको बहावले खतराको चिन्ह पार गरेको छ । कर्णाली नदीको बढ्दो बहावले बर्दियाको राजापुर क्षेत्र जोखिममा परेको छ ।

राजापुर नगरपालिकाको तिग्रा गाउँमा कर्णाली नदी नियन्त्रण आयोजनाद्धारा निर्माणाधीन रहेको करिब ५ सय मिटर तटबन्धमा नदीले क्षति पु¥याँउदा राजापुर बजार लगायत तिग्रा गाँउ जोखिममा परेको हो । पानी बस्तीमा पस्ने सम्भावना बढेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छ ।

नेपाली सेना र स्थानीयले संयुक्त रुपमा नदी नियन्त्रणको प्रयासलाई जारी राखेका छन् । यदी नदी बस्ती पसेमा करिव ३ हजार घर विस्थापित हुने देखिन्छ । नदी बस्तीमा पसे घर सँगै लगाएका धान बाली समेत नष्ट हुने स्थानीयको आंकलन छ ।

नदीले तटबन्धको झण्डै ९० प्रतिशत भाग भत्काएको छ । कर्णाली नदीको तटबन्ध फुट्ने खतरा बढेकोले जिल्लाको राजापुर नगरपालिका वडा नं ३, ४ र ७ का गाँउ बस्ती पस्ने खतरा बढेको हो ।

नदी किनार नियन्त्रणका लागि बोरामा माटो भरेर कटान रोक्ने प्रयास जारी रहेको छ ।अहिले उक्त स्थानमा गुलरिया स्थित नेपाली सेनाको भैरवप्रसाद गण, जनपथ प्रहरी ,सशस्त्र प्रहरी र जनप्रतिनिधि स्थानीय बासिन्दाहरु अस्थायी तटबन्ध बनाउन जुटेका छन् ।

Related Post
Share

This website uses cookies.