२०८४ सालसम्म अहिलेकै व्यवस्था रहनेमा माओवादीको आशंका | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

२०८४ सालसम्म अहिलेकै व्यवस्था रहनेमा माओवादीको आशंका

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आउनुभएको आरोप लगाउनुभएकोहो ।

पार्टी फुटाउने, राज्यका अंगहरु छिन्नभिन्न बनाउने काममा लागेको जिकिर गर्नुभयो । उहाँले अहिलेको प्रश्न ०८४ मा निर्वाचन हुन्छ की हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था बच्छ की बच्दैन भन्ने चिन्ताको विषय रहेको बताउनुभयो । महासचिव देव गुरुङले यो सदन ०८४ सम्मै सुचारु हुनसक्नेमा पनि आशंका व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओली एवं नेकपा एमाले अध्यक्ष शान्ति सम्झौताको विपक्षमा रहनुभएका व्यक्ति भएकोले उहाँको सोच वर्तमान व्यवस्था जोगाउनेतिर नरहेको आरोप लगाउनुभयो । लोकतन्त्र, संविधान, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा सबै राजनीतिक दल आगाडी गए मात्र अहिलेको व्यवस्था बच्ने बताउनुभयो ।

अहिलेको लडाईं व्यवस्था जोगाउनका लागि हुनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनैपनि बेला शक्तिकेन्द्रको उक्सावटमा आएर व्यवस्थामाथि प्रहार गर्नसक्ने आरोप लगाउनुभयो । उहाँले ०८४ सम्म वृहत्तर कम्युनिष्ट एकीकरण हुने पनि बताउनुभयो । कम्युनिष्टहरु नै मुलुकमा पहिलो ठूलो पार्टी बन्ने बताउनुभयो ।

महासचिव गुरुङले व्यवस्थापिक संसद समय समयमा बलीको बोको भइरहेको बताउनुभयो । प्रणालीमाथि अहिले पनि ठूलो जोखिम रहेको बताउनुभयो ।

Leave a Reply