एजेन्सी, १९ असोज । सिरियाको होम्स सहरमा रहेको सैन्य एकेडेमीमा बिहीबार ड्रोनले आक्रमण गरेको छ । एएफपी रिपोर्टका अनुसार घटनामा १०० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
मृत्यु हुनेमा १४ जना सर्वसाधारण पनि रहेको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्छ।
आक्रमणका बेला एकेडेमीमा स्नातक समारोह चलिरहेको थियो । यस घटनामा सिरियाली रक्षामन्त्री अली महमूद अब्बास भने जोगिएका छन् ।
आक्रमण हुनुभन्दा केही मिनेटअघि नै उनी कार्यक्रमबाट बाहिरिएका थिए । उनीहरु निस्किने बित्तिकै सशस्त्र ड्रोनले त्यहाँ बमबारी र गोलाबारी गर्न थाले ।