काठमाडौं, ११ जेठ । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले जनतासंग गरिएको प्रतिवद्धता अनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग गरेको छ । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जनतासँग गरिएको प्रतिवद्धता पूरा नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन सरकारसंग माग गरेको हो ।
अभियानले स्रोत नखुलेको नेताहरुको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्न पनि माग गरिएको गरिएको संयोजक स्वागत नेपालले जानकारी दिनु भयो ।
नयाँ भन्ने तर पूरानै तौरतरिकाले चलेर मुलुक नबन्ने उल्लेख गर्दै अभियानका संयोजक नेपालले त्यस्ता राजनीतिक दलहरुको विकल्प खोज्न पनि सर्वसाधारणलाई अपिल गर्नु भयो ।
अभियानले संघीयताको नाममा दोहोरो कर लगाएर जनतालाई मारमा नपार्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
This website uses cookies.