सन्दीप लामिछानेलाई ‘बर्ष क्रिकेट खेलाडी’अवार्ड

काठमाडौं, २२ फागुन । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘बर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् ।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले मंगलवार आयोजना गरेको ’एनसीसीएस–सिप्यान क्रिकेट अवार्डमा सन्दीप उत्कृष्ट चुनिदै बर्ष क्रिकेट खेलाडी घोषित भएका हुन् अवार्ड जित्ने क्रममा लेग स्पिनर सन्दीपले कप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे । बर्ष क्रिकेट खेलाडी अवार्डसंगै सन्दीपले नगद १ लाख ३२ हजार प्राप्त गरेका छन् । सन्दीप अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा रहेका छन् । उनको यस अवार्ड कप्तान पारसलाई प्रदान गरिएको थियो ।

महिलातर्फको बर्ष खेलाडी अवार्ड राष्ट्रिय टोलीका सदस्य सिता राना मगरले हात पारिन । अवार्डसगै सिताले ६६ हजार नगद पुरस्कार प्राप्त गरिन । बर्ष महिला क्रिकेट खेलाडी जित्ने क्रममा सिताले नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, इन्दु बर्मा, करुणा भण्डारी र सरिता मगरलाई पछि पारिन् । यस्तै पुर्व क्रिकेटर कोमल बहादुर पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । नेपाली क्रिकेटको विकासमा योगदान पुर्याएको भन्दै पाण्डेलाई अवार्ड प्रदान गरिएको हो ।

Related Post
Share

This website uses cookies.