१ लाख घुस सहित लेखापाल पक्राउ

पर्सा, ११ साउन । पर्साको धोबनी गाउँपालिकाका लेखापाल कृष्णनन्दनप्रसाद यादव घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयबाट खटिएको टोलीले १ लाख १० हजार घुस रकम सहित यादवलाई पक्राउ गरेको हो ।

धोबिनी गाउँपालिकामा भएको विकास निर्माण तथा समाजिक विकासको काम वापत कमिसन लिँदै गर्दा उनी पक्राउ परेका हुन् ।

Related Post
Share

This website uses cookies.