राजनीति

अहिले राक्षसी राज छ, सधैँ राक्षसी राज चलाउन खोजे चुप लागेर बस्दैनौँः केपी ओली

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा राक्षसीराज चलिरहेको टीप्पणी गर्नुभएको छ । एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उहाँले यस्तो टीप्पणी गर्नुभएको हो । राक्षसीराज अझै चलिरहे नेशनल युथ फोर्स आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो । उहाँले आफूलाई विनाकारण गिरफ्तार गरेर सरकारले राक्षसराज संचालन गरिरहेको पुष्टी गरेको उहाँको भनाई छ । आफू पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष रहेको व्यक्तिलाई १३ दिन सरकारले विनकारण हिरासतमा राखिएको उहाँले बताउनु भयो । उहाँले पार्टी अध्यक्ष गिरफ्तार परेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रेका कार्यकर्तालाई सरकारले दुव्यवहार गरेको आरोप लगाउनु भयो । अब शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरे नेशनल भोलिन्टियर फोर्सले प्रतिवाद गर्ने उहाँको भनाई छ । उहाँले नेशनल भोलिन्टियर फोर्स देखाउनका लागि मात्रै गठन नगरेको उल्लेख गर्नुभयो । नेशनल भोलेन्टियर्स फोर्स आफै निहँु नखोज्ने र कोही निहुँ खोज्न आए चुप लागेर नबस्ने उहाँको भनाई छ ।उहाँले नेशनल युथ फोर्सलाई संगठन विस्तारसँगै राष्ट्रव्यापी रूपमा सुदृढ र परिणाममुखी बनाउन समेत निर्देशन दिनुभयो । साथै उहाँले देशभर हुने बेथिति रोक्न र गलत गतिविधिविरुद्ध खबरदारी गर्न फोर्स सक्रिय हुनुपर्ने बताउनु भयो ।

Related Post
Share

This website uses cookies.