राजनीति

ओलीको आरोप–‘डरपोक राष्ट्रपतिले असंवैधानिक ढङ्गले संसद विघटन गरेर बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो’

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ । एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उहाँले वर्तमान सरकारको गठन आतङ्क, आगजनी र तोडफोडबाट भएको आरोप लगाउनुभएको हो । उहाँले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताउनु भयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघठन गरेको आरोप पनि लगाउनु भयो । प्रधानन्यायधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको उहाँको भनाई छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको उहाँको भनाई छ ।लोकतन्त्र र संविधानको संरक्षण गर्ने जिम्मेवारी राज्यका निकायले पूरा नगरेको उहाँको आरोप छ । उहाँले हाल लोकतान्त्रिक संस्थाहरू आदेशका भरमा चल्न थालेको बताउनुभयो । राज्यका निकायहरु आदेशको भरमा नभई कानूनअनुसार चल्नुपर्ने उहाँको भनाई छ । देशलाई संवैधानिक र लोकतान्त्रिक विधिअनुसार सञ्चालन गर्नको लागी दबाब दिन युवाहरु संगठित हुनुपर्ने उहाँले बताउनु भयो ।

Related Post
Share

This website uses cookies.