राजनीति

एमाले नेता ऐन महरको आरोप – ‘संविधानले नचिन्ने मान्छेबाट सरकार चलिरहेको छ’

काठमाडौँ ।

नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरुले चलाइरहेको आरोप लगाउनुभएको छ ।अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरु सबै विचौलियासँग जोडिएको उहाँको आरोप छ । संविधान, कानुन र राज्यका संस्थागत संरचनाले नचिनेका व्यक्तिहरूले राज्य सञ्चालनमा हस्तक्षेप गरिरहेको उहाँले बताउनु भयो । प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूले पक्राउ परेका बिचौलियाको अनुसन्धानमा हस्तक्षेप गरेको उहाँले बताउनु भयो । एमाले राष्ट्रिय भेलामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकारले आरोप राज्यका संवैधानिक तथा कानुनी निकायलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले मन्त्रालयको संख्या घटाउने तर प्रधानमन्त्रीको सचिवालय विस्तार गर्ने सरकारी कार्यशैलीमाथि पनि प्रश्न उठाउनु भयो । सरकारले जनतालाई दिएका आश्वासन समेत पूरा गर्न नसकेको उहाँको भनाई छ ।

उहाँले राष्ट्रिय भेलाबाट फर्केपछि सरकारका अराजक गतिविधि जनताको बीचमा लैजाने बताउनु भयो । राष्ट्रिय भेलाले पार्टीभित्र राजनीतिक बुझाईमा एकरुपता कायम गर्न सहयोग गरेको उहाँले बताउनु भयो । अब पार्टीभित्र देखिएको निराशालाई चिर्दै शसक्त भएर आगामी स्थानिय तहको निर्वाचनमा लाग्ने उहाँको भनाई छ । उहाँले आगामी स्थानीय तह निर्वाचनमा एमालेले उम्मेदवार छनोट प्रक्रिया तल्लो तहबाटै अघि बढाउने पनि जानकारी दिनुभयो ।  सम्बन्धित पालिकाको उम्मेदवार पालिका तहबाट र वडाको उम्मेदवार वडा तहबाटै छनोट गर्ने योजना रहेको उहाँको भनाई छ ।

उहाँले एमालेले संघियताmाई मजबुद बनाउन एमालेले आगामी सबै निर्वाचन जित्नुपर्ने बताउनु भयो । स्थानिय तहमा विगतमा गरेको विकास निर्माण र सेवा कारण पनि एमालेले विजयी हासिल गर्ने उहाँको दाबी छ । आगामी स्थानीय तह निर्वाचनमा एमाले पुनः पहिलो राजनीतिक शक्ति बन्ने उहाँले बताउनु भयो ।

Related Post
Share

This website uses cookies.