काठमाडौँ ।
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूको बलिदानबाट बनेको काँग्रेस पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने बताउनुभएको छ । शनिवार काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै देउवाले आफूलाई व्यक्तिगत रूपमा केही चाहना नभए पनि पार्टीका लागि अन्तिम समयसम्म लडिरहने बताउनुभएको हो । पार्टीकै सहयोगका कारण आफू पाँचपटक प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै उहाँले पार्टीप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताउनु भयो । उहाँले काँग्रेस धेरै शहीदहरूको बलिदानबाट बनेको पार्टी भएको स्मरण गर्दै शहीदको रगतले भिजेको पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने जिकिर गर्नुभयो । देउवाले आफूलाई अब केही बन्नु नरहेको भन्दै पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्नु नै आफ्नो कर्तव्य भएको बताउनु भयो । देउवाले पार्टीको इतिहास, योगदान र बलिदानको सम्मान गर्दै काँग्रेसको संरक्षण र एकताका लागि सबैले लाग्नुपर्ने सन्देश दिनुभयो
This website uses cookies.