देश/समाज

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा भक्तजनको घुइँचो

यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।  दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका तथा सयपत्री र मखमली फूलको माला लगाइदिएर भाइटीका मनाउने परम्परा छ । आफ्ना दिदीबहिनी नभएका तथा विभिन्न कारणले भाइटीका लगाउन नपाएकाहरूले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने परम्परा छ । वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला गरिएको छ । मन्दिरमा बिहानैदेखि टीका लगाउन आउने सर्वसाधारणको भीड लागेको छ । दिदीबहिनी नहुनेहरू रानीपोखरी पुगेर टीका तथा माला ग्रहण गर्दै भाइटीका पर्व मनाइरहेका छन् । भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र आपसी सम्बन्ध प्रगाढ बनाउने विशेष पर्वका रूपमा मनाइन्छ ।

Related Post
Share

This website uses cookies.