काठमाडौं ।
सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाडेको प्रष्टिकरण दिनुभएको छ । शनिवार संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा आफ्नो न्यायिक निष्पक्षताबारे उठेका प्रश्नको जवाफ दिँदै पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले न्यायाधीशका रूपमा इजलासमा बसेपछि राजनीतिक विषय गौण हुने र प्रमाण तथा मिसिलका आधारमा मात्रै निर्णय गर्ने गरेको बताउनु भयो । उहाँले भूटानी शरनार्थी प्रकरणमा बालकृष्ण खाँणसम्बन्धी मुद्दामा दिएको राय पनि तत्काल प्राप्त प्रमाणका आधारमा भएको स्पष्ट पार्नुभयो । उक्त मुद्दामा आफूले खाँणलाई छाड्नुपर्ने राय दिएको भएपनि फैसला आफूले नगरेको बताउनु भयो । उहाँले राजनीतिक प्रकृतिका मुद्दाहरू अदालतमा प्रशस्त आउने भएपनि न्यायाधीशले राजनीतिक आग्रहबाट मुक्त भएर प्रमाण र मिसिलका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।एमालेकी सांसद पद्या अर्यालले न्यायधीश पाण्डेलाई एउटै मुद्दामा किन फरक—फरक राय आयो भनि प्रश्न उठाउनुभएको थियो ।
This website uses cookies.