काठमाडौं ।
हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करण विभिन्न बाहना सारिँदै आएको छ । कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुद यसपल्ट आगामी मङ्सिर १६ देखि २९ गतेसम्म हुने तयारी छ । २०८१ सालमा नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकेको छैन । यसको तयारीबारे नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता न्युज एजेन्सी नेपालले गरेको अन्तर्वार्ताको सम्पादित अंश यस्तो छ ।
जवाफः दशौं राष्ट्रिय खेलकुदको तयारी अहिले तीव्र रूपमा नै अगाडि बढेको छ । सबै प्रदेशसँग समन्वयन नै पनि भइसकेको छ । दशौं खेलकुद हुने कर्णाली प्रदेशको अवस्था निरीक्षण गरेर आइसकेको छु । त्यहाँको स्थानीय सरोकारवाला निकायसँगको छलफलपछि दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्न राम्रो वातावरण बनेको छ । माननीय मन्त्रीज्युसहित मूल आयोजक समितिको बैठक पनि बसिसकेका छौं । त्यसैले अब यो सुनिश्चितताको बाटोमा गएको छ । अब दशैं सर्दैन, तिहार सर्दैैन । त्यसैगरी दशौं राष्ट्रिय खेलकुद पनि सर्दैन । सार्वजनिक ऐनअनुसार खरिद गर्नुपर्ने विषयहरू अगाडि बढाइसकेको छु । जिल्लाबाट खेलाडी छनोटको विषय पनि अगाडि बढेको अवस्था छ । कात्तिक १५ गतेसम्म सबै छनोट सकिन्छ होला । त्यसपछि हामी बन्द प्रशिक्षणमा जान्छौं । यसपल्ट लामो बन्द प्रशिक्षण भने हुने छैन । तर तीन हप्ता जति बन्द प्रशिक्षण हुनेछ ।
प्रश्नः कुन कुन ठाउँमा छनोट शुरु भएका छन्, कुन प्रदेशले कहिले सक्छन् ?
जवाफः धेरै प्रदेशमा जिल्ला छनोट शुरु भइसकेका छन् । कर्णालीले शुरु गरिसकेको छ । मधेस र कोशीले पनि शुरु गर्दैछ । लगभव सबैतिर छनोट प्रक्रिया अगाडि बढेका छन् । सबैको क्यालेण्डर मागेका छौं । उहाँहरूसँग लगातार छलफल भइरहेको छ । प्रदेशबाट राम्रो रेस्पोन्स आएका छन् ।
प्रश्नः कर्णाली र खेल आयोजना हुने मुख्य क्षेत्र सुर्खेतमा यति धेरै खेलकर्मीको एकैपल्ट बसोवासका लागि समस्या हुनसक्छ भन्ने चिन्ताको विषय छ, यो विषयमा राखेप र मूल आयोजकले समाधानका लागि के काम गरिरहेको छ ?
जवाफः दशौं खेलकुदका खेलाडी, प्रशिक्षक, अफिसियल कसैले पनि त्यो समस्या भोग्नु पर्नेछैन । खाना र बस्न कुनै समस्या हुनेछैन । यसपल्ट नजिकबाट हेरेको छु । त्यहाँका सरोकारावालासँग बसेर कुराकानी गरेका छौं । यस विषयमा केही भ्रम पनि पैmलाइएको रहेछ । कुन पक्ष यथार्थ पनि छन् । दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि बसोवास व्यवस्थापन उपसमितिको संयोजक नै कर्णाली प्रदेशको उपाध्यक्षलाई बनाएका छौं । साथै सरोकार पक्षसँग पनि छलफल गरेका छौं । पहिले राष्ट्रिय खेलकुदको आयोजनाका लागि सात दिनको समयावधि राख्ने गरेको रहेछ । यसपल्ट बढाएर १३ दिन बनाएका छौं । यति लामो दिन खेल हुनेछ । कोही जाने र कोही आउने अवस्था रहनेछ । त्यसैले यसबारे कुनै समस्या हुने छैन ।
प्रश्नः राष्ट्रिय खेलकुद देशकै ठूलो र वृहत खेल आयोजना हो, यसमा प्रदेशको पनि भुमिका पनि उतिकै महत्वपूर्ण हुन्छ, तर प्रदेशलाई जिम्मेवारी दिइएको हुँदैन, यसपल्ट उहाँहरू केही जिम्मेवारी पाउनु हुनेछ ?
यसपल्ट प्रदेशका सदस्यसचिवलाई नै सेभ द मिसनका रूपमा जिम्मेवारी दिएका छौं । पहिले सबै केन्द्रले हेर्ने प्रावधान थियो । यसपल्ट त्यसलाई ब्रेक गर्दैछौं । हाम्रो उपसमितिसँग समन्वयन र सहकार्य गरेर प्रदेशले नै खेलाडीको खानपान र बासोबासका लागि काम गर्नेछ । यसले गर्दा कामको बाँडफाँड हुने र प्रदेशको जिम्मेवारी पनि बढ्नेछ । साथै चुस्त दुरुस्त काम हुने गरी रणनीति अगाडि बढाएका छौं । सबै केन्द्रकै संयोजक राख्ने प्रावधान थियो । अहिले त्यसो गरेका छैनौं । स्थानीय क्षेत्रलाई नै जिम्मेवारी दिएका छौं । चार वटा उपसमिति कर्णाली प्रदेशलाई दिएका छौं ।
खेल स्थल व्यवस्थापना, सुरक्षा व्यवस्थापन, बसोवास र स्वास्थ्य समिति पनि कर्णालीलाई नै दिएका छौं । बहुमत पुग्ने गरी जिम्मेवारी दिएका छौं । उहाँहरूले काम गरिरहनु भएको छ । बसोबासको समस्या पनि हुने छैन । विकल्पका बारेमा पनि सोचिरहेका छौं । विद्यालयका होस्टल र धर्मशाला पनि प्रयोग हुन सक्छन् । स्थानीयको उत्साहजनक उपस्थितिले आयोजनामा समस्या हुनेछैन ।
प्रश्नः लामो समयदेखि राष्ट्रिय खेलकुदमा सहभागी हुँदै आएका केही खेल यसपल्ट सहभागी गराइएको छैन, यस कारण खेलाडीहरूले दुःखेसो पोखेका छन्, यो आयोजनाको विकल्पमा फेन्सिङ, प्यााराग्लाइडिङ, सफ्ट टेनिस र ट्रायथोलनका खेलाडीले अन्य राष्ट्रिय प्रतियोगिता खेल्न पाउँछन् की पाउँदैनन्, एशियन गेम्समा नै रजत पदक जितेको खेल प्याराडिङसहित केही खेलाडीले खेल्न नपाउने अवस्था रहन्छ ?
जवाफः प्याराग्लाइडिङ गत संस्करण दुर्घटना पनि भयो । साथै यो खेलको भेन्यु कम्फर्ट पनि भएन । यसपल्ट कुनकुन खेल राख्ने भन्ने विषयमा केन्द्र सरकारको मात्र अधिकार रहेन । सबै प्रदेशमा खेलिने खेललाई मात्र यसपल्ट समावेश गरेका छौं । विभागीय टोलीमा मात्र खेलिने खेलबारे ध्यान दियौं । सबै प्रदेश र विभागमा खेल्ने खेललाई प्राथमिकतामा राखेर समावेश गरेका हौं । ४÷५ वटा प्रदेशमा खेल्ने खेल मात्र राखेका छौं । यसपल्ट ३२ वटा खेल समावेश छ । जुन कर्णाली प्रदेशसहित सबै प्रदेशमा खेल हुने खेल मात्र दशौं खेलकुदमा राखेका हौं । एउटा विभागमा खेल राख्ने र त्यसबाट फोडफाड गरेर खेलमा सहभागी हुने तरिकाको खेल दशौंमा राखेनौं । अधिकांश खेल सुर्खेतमा नै हुँदैछन् । १÷२ वटा खेल सुर्खेत नजिकको जिल्ला नेपालगञ्जमा हुनेछ । तर काठमाडौंमा नै दशौं खेलकुदका खेल प्रतिष्पर्धा हुने छैन ।
प्रश्नः सरकारले दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि ४४ करोड विनियोजन गरेको छ, तर यसअघि नै प्रश्तावित र माग गरिएको बजेटको आधा मात्र आएको छ, राखेपले पनि यो बजेट पर्याप्त छैन भन्ने बुझेको छ, बजेटका कारण रोकिने त होइन ?
जवाफः चालु आर्थिक बजेटमा ४४ करोड १० लाख रुपैयाँ दशौं राष्ट्रिय खेलकुदका लागि विनियोजना भएको छ । तर यो बजेट नपुग्दा अर्थ मन्त्रालयसँग थप सुनिश्चिताका लागि सहमति लिनेछौं । हाम्र्रै शीर्षकमा खर्च नभएको रकम खर्च गर्नेगरी सीमा निर्धारण पनि गरिसकेका छौं । त्यसलाई पारदर्शी र सुशासन कायम गर्ने हिसाबले खर्च गर्छौं । सरकारलाई यो भएन त्यो भएन भन्दा पनि प्राप्त बजेटमा काम गर्नेछौं । मितव्ययी तरिकाले खर्च गर्नेछौं । यो बजेट कम भने होइन । अनावश्यक पक्षमा खर्च कटौती हुनसक्छ ।
प्रश्नः दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलहरूका स्पर्धा ढिला मात्र समावेश गरिएको छ, केही अभैm टुङ्गो लाग्न बाँकी छ, खेलाडीको सेवा सुविधाका विषयमा केही नयाँ छ की छैनन् ?
जवाफः अब टुङ्गो लाग्न बाँकी केही छैन । कुल ३२ खेल दशौं खेलकुदमा सहभागी गराइएको छ । प्राविधिक उपसमितिमा सात जना मात्र छन् । सबैले सबै खेलबारे जानकारी राख्न सक्दैनन् । त्यसैले केही स्पर्धा छुट्न गएको थियो । पछि सम्बन्धित खेल संघसँग पनि छलफल गरेर सबै विधा टुङ्गो लागेका छन् । संघको राय सल्लाह र सुझावअनुरूप कोटा निर्धारण गरिसकेका छौं । खेलाडीलाई राम्रो सेवा सुविधा दिने विषयमा ध्यान दिएका छौं । सम्बन्धित खेलाडीकै खातामा पैसा जान्छन् । पाल टाँगेर खेल हुने अवस्थामा पनि कहिले कहीँ अवस्था आउन सक्लान् । सकेसम्म भेन्यु व्यवस्थापन हुन्छन् । इस्पोटर््सबाहेक कुनै पनि खेल होटल या अन्य स्थान हुनेछैन । लामो यात्रा गरेर भोलीपल्टै खेल्नुपर्ने अवस्थामा हुने छैन । खेलाडीले एकदिन पर्याप्त आराम गरेपछि मात्र खेल्ने अवस्था हुन्छ ।
This website uses cookies.