राजनीति

ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक टिप्पणीकार तथा आफ्नै सामाजिक सञ्जाल कम्पनीकी वरिष्ठ सञ्चार सल्लाहकार क्याटी जाचारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरी (प्रवक्ता) मा नियुक्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रूथ सोसियलमार्फत जाचारियाको नियुक्तिको औपचारिक जानकारी गराउनुभएको हो । हाल प्रेस सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आएकी क्यारोलिन लिभिटले चालू अगस्ट महिनाको अन्त्यमा पद छाड्ने घोषणा यसअघि नै भइसकेको पृष्ठभूमिमा यो नयाँ नियुक्ति भएको हो । आफ्नो आधिकारिक पोस्टमा राष्ट्रपति ट्रम्पले जाचारियाको प्रशंसा गर्दै उनी हाल ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप अन्तर्गतको ट्रूथ सोसियलमा वरिष्ठ सञ्चार सल्लाहकारका रूपमा उत्कृष्ट काम गरिरहेको उल्लेख गर्नुभएको छ । यसअघि जाचारियाले अमेरिकी आन्तरिक सुरक्षा विभाग (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी) मा प्रवक्ता तथा सार्वजनिक मामिला सम्बन्धी उपसहायक सचिवको महत्वपूर्ण जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । सका साथै, राष्ट्रपति ट्रम्पले विगतका राजनीतिक चुनावी अभियानहरूमा, विशेष गरी निर्णायक मानिने मुख्य प्रतिष्पर्धात्मक राज्यहरू (स्विङ स्टेट्स) मा आफ्नो रणनीतिक टोलीलाई सफल बनाउन जाचारियाले पु¥याएको योगदानको पनि स्मरण गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनकाअनुसार जाचारियालाई यस पदमा नियुक्त गर्नुअघि राष्ट्रपति ट्रम्पले आफ्ना निकटवर्ती सल्लाहकार तथा सहयोगीहरूसँग विस्तृत परामर्श गर्नुभएको थियो । वर्तमान प्रवक्ता लिभिट बाहिरिएसँगै ह्वाइट हाउस र सञ्चारमाध्यमबीचको मुख्य समन्वयकारी भूमिका अब जाचारियाको काँधमा आइपुग्नेछ ।

Related Post
Share

This website uses cookies.