देश/समाज

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ ।

आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति अन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्यहरू छनौट गर्ने सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान साढे १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवम् व्यवहारिक समस्याहरु सम्बन्धमा सरोकारवालाहरुसँग छलफल हुनेछ । त्यस्तै बिहान पौने १२ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिमा प्राप्त विधेयक सम्बन्धी समिति सचिवद्वारा जानकारी सम्बन्धमा र मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा काठमाडौंको डल्लुस्थित संशोधन मण्डलको स्थलगत अवलोकन हुनेछ ।

Related Post
Share

This website uses cookies.