काँग्रेसको आरोप–मुलुक विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा सञ्चालन भइरहेको छ

काठमाडौँ ।

नेपाली काँग्रेसका सांसद अर्जुनरसिंह केसीले सरकार निरङ्कुशउन्मुख भएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा देश सञ्चालन भइरहेको आरोप पनि लगाउनु भयो । उहाँ ले १० भदौको रसुवाको भोटेकोशी बाढीपीडित बिचल्लीमा परेको उल्लेख गर्नुभयो । उहाँले बाढीपीडित नागरिकको को तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले जेन–जी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन तत्कबाल सार्वजनिक गरी कार्यान्वयन गर्न पनि माग गर्नुभयो । उहाँले गत वर्षको २४ भदौमा भएको विध्वंशको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।उहाँले जेन-जी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वन नहुँदा अन्तर्राष्ट्रिस्तरमा समेत नेपाल बदनाम भएको टिप्पणी गर्नुभयो ।

Related Post
Share

This website uses cookies.