काठमाडाैं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगले दिएका सुझावहरु १० प्रतिशत पनि कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो ।
उहाँले संविधान र कानूनले दिएका आदिवासी जनजातिका अधिकारहरु अझै पूरा हुन नसकेको बताउनुभयो । उहाँले आयोगले सरकारलाई सिफारिस गरेपनि १० प्रतिशत पनि सिफारिसहरु कार्यान्वनय नभएको बताउनुभयो ।
आयोगले जतिसुकै काम गरेपनि परिणाम कार्यान्वयनमा हुने भएकाले कार्यान्वयनका लागि सरकारले प्राथमिकता दिनुपर्ने उहाँकाे भनाइ छ ।
अध्यक्ष मगरले आदिवासी जनजातिले चाहेअनुसारको पूर्ण समावेशिता अझै लागू हुन नसकेको जिकिर गर्नुभयो ।





