देश/समाज

भूतपूर्व गोर्खा सैनिकका मागबारे बेलायत सकारात्मक

जेठ ३० शुक्रबार ।
भूतपूर्व गोर्खासैनिकका मागका सम्बन्धमा बेलायत सकारात्मक भएको छ । बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खासैनिकका मागका सम्बन्धमा झन्डै एक वर्षपछि बेलायतसँग वार्ता भएको हो । मागका सम्बन्धमा भएको वार्तामा बेलायती पक्षले सकारात्मक जवाफ दिएको नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताए।

उपप्रमुख दुवाडी, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका अधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधि संलग्न वार्तामा बेलायतले मागका बारेमा सकारात्मक जवाफ दिँदै पर्याप्त गृहकार्य गरेर अर्को बैठक बस्ने सहमति जनाएको हो ।

गोर्खाभूतपूर्व सैनिक सङ्घका सभापति कृष्णकुमार राईले विगतका वार्तामा भूपूगोर्खाका हितका विषयमा मात्र छलफल गरेको बेलायती पक्षले यसपटक समान पेन्सनका सम्बन्धमा पनि वार्ता गरेको र पर्याप्त गृहकार्यका साथ अर्को बैठक गर्नेगरी छलफल टुङ्गिएको जानकारी दिए।

Related Post
Share

This website uses cookies.