अर्थ ⁄ वाणिज्य

४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला

 

२०८१,९,६

सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरीएको छ । जेएमईभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरेर बुकिङ गर्न सकिने सरिना जी ट्रेड प्रालिका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौमा एक कार्यक्रम आयोजना गरि कम्पनीले यसबारे जानकारी दिएको हो । जेएमईभीको सेडान कार जीएसईलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो । इभीईजी ट्याक्सिमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४ सय ३० किलोमिटर रेन्ज दिने सरिना जी ट्रेड प्रालिका म्यानेजिङ ड्राईरेक्टर सरिना श्रेष्ठ गुरुङले जानकारी दिनुभयो । यसको अधिकतम टर्क २ सय २५ एनएम तथा पावर १ सय ३४।६ पिएस छ । एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यस ईभीलाई डिसी फास्ट चार्जरको सहायतामा ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले नौं घण्टा र डिसी चार्जरले एक घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ ।कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टि दिएको छ । यस ट्याक्सीको लम्बाई ४ हजार ६ सय ७५ एमएम, चौडाई १ हजार ८ सय ३५ एमएम र उचाई १ हजार ४ सय ८० एमएम तथा ह्विलवेश २ हजार ७ सय ५० एमएम छ, भने ग्राउन्ड क्लिरियन्स १ सय ७० एमएम दिइएको छ । साथै यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम उपलब्ध गराइएको छ । आधुनिक डिजाइन दिएर आकर्षक लुक्समा तयार पारिएको यस ट्याक्सीमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तीनवटा ड्राइभी मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ । साथै, यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिस्टम, ४१० लिटरको बुट स्पेस, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री–वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता बिशेषता छन् । उत्पादक राष्ट्र चीनमा बर्सोदेखि व्यवसायीद्वारा रुचाईएको यो ट्याक्सी नेपालमा पहिलो पटक ल्याइएको हो ।

 

Related Post
Share

This website uses cookies.