अर्थ ⁄ वाणिज्य

नेपाल—चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर

पौष २, मंगलबार

नेपालबाट राँगा,भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ । सोमवार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्रा.लि. र चीनको सांघाई जियान फुड प्रा.लि.बीच उक्त सम्झौता भएको हो । सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको बताउनु भयो ।

उहाँले नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने समेत बताउनु भयो । उहाँले नेपालमा राँगा,भैँसी पालनको सुनिश्चितता गर्दै युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्ने बताउनु भयो । नयाँ—नयाँ पशुपालनमा प्रविधिको प्रयोग गर्दै युवाहरुलाई आकर्षित गर्न सकिने उहाँको भनाइ छ । चीनमा मासु निर्यातको सम्भावना राम्रो रहेकाले स्वदेशमा रोजगारीको अवसर बढ्ने उहाँको विश्वास छ ।

Related Post
Share

This website uses cookies.