विश्व

भारतीय स्थल सेनाध्यक्ष नेपाल आउँदै, फर्किए अमेरिकी सेनाका रथी

२०८१,७,२८

अमेरिकी सेनाका रथी फर्किलगत्तै भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल आउने निश्चित भएको छ ।भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० प्रमुख अमृतमोहन प्रसाद नेपाल आउने निश्चित भएको हो । एसएसबी प्रमुख यही कात्तिक ३० गते र भारतीय स्थल सेनाध्यक्ष आगामी मंसिर ५ गते नेपाल आउन लागेका हुन् ।नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही पदवी ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नेपालको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । त्यसैले नेपाली सेनाले उनको आगमनलाई ‘गुडविल भिजिट’ भनेको हो ।

उपेन्द्र द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यसभन्दा अघि उनी उत्तरी क्षेत्रको सेनाको कमाण्डर थिए, त्यहाँ उनले जम्मु–कश्मिर र लद्दाखको रणनीतिक रुपमा महत्वपूर्ण मानिने क्षेत्रको नेतृत्व गरेका थिए ।

यसैगरी भारतीय सीमा सुरक्षा बल एसएसबी प्रमुख हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन नेपाल आउन लागेका छन् । नेपालको सशस्त्र प्रहरी बल र भारतको एसएसबी बीच हुने समन्वय बैठक मंसिर १ र २ गते काठमाडौंमा हुँदैछ । यो नियमित बैठक हो ।

यसअघि यो बैठक भदौ पहिलो साता काठमाडौंमा हुने तय भएको थियो । तर बंगलादेशको आन्दोलनलाई कारण देखाउँदै बैठक स्थगित गरिएको थियो ।सीमा समन्वय बैठक नेपाल र भारतमा आलोपालो हुने गर्दछ । गत वर्ष यो बैठक नयाँदिल्लीमा भएको थियो । यो बैठक नेपाल–भारत खुला सीमापार अपराध नियन्त्रणमा केन्द्रित हुने गर्दछ ।

यसैबीच यही कात्तिक २३ गते नेपाल आएका अमेरिकी सेनाको इन्डो(प्यासिफिक कमान्डका उपकमान्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम रुड स्वदेश फर्किएका छन् । उनी मंगलबार स्वदेश फर्किएका हुन् ।

उनको काठमाडौं आगमनलाई लिएर राजनीतिक वृत्तमा चासो व्यक्त भएको थियो । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले अमेरिकी सेनाका उच्च अधिकारी ‘दलबलसहित’ नेपाल आएको भन्दै उनी आउनुको कारणबारे प्रश्न उठाएकी थिइन् ।

 

Related Post

उनी ६ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आएका थिए । नेपालस्थित अमेरिकी दूतावासका अनुसार २४९ औं यूएस मरिन र्कोप्स बल कार्यक्रममा अतिथिको रुपमा सहभागी हुन आएका थिए ।

Share

This website uses cookies.