खेलकुद

अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिम सम्मानित

अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिम सम्मानित भएको छ ।

नेपाल बास्केटबल संघले बिहीवार स्वर्ण विजेता टोलीका सदस्यलाई जनही ३० हजार रुपैयाँले सम्मान गरेको हो । नेपालले गत सोमवार चीनको युनान प्रान्तको खेलकुद ब्युरोद्वारा आयोजित युनान प्रान्त बोर्डर ह्याप्पिनेस भिलेज स्पोटर््स कार्निभलमा स्वर्ण पदक जितेको थियो ।

यो नेपाली बास्केटबल टोलीले प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । प्रतियोगितामा नेपालसहित विभिन्न सात देश र चीनका विभिन्न प्रान्त तथा विश्वविद्यालय गरी ३९ टोलीले प्रतिष्पर्धा गरेका थिए । नेपालसहित माल्दिभ्स, लाओस, भियतनाम, थाइल्याण्ड, म्यानमार र क्याम्बोडियाले सो प्रतियोगितामा प्रतिष्पर्धा गरेका हुन् । जहाँ नेपालले स्वर्ण पदक प्राप्त ग¥यो ।

स्वर्ण विजेता नेपाली टोलीमा विजय बुर्जा, निकेश मगर, मनिष केसी र निश्चल महर्जन थिए ।

टोलीको प्रशिक्षकमा सुशील गुरुङ थिए । मनिष केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी तथा प्रशिक्षक गुरुङ उत्कृष्ट प्रशिक्षक चयन भएका थिए । ०००

Related Post
Share

This website uses cookies.