उत्तराखण्डमा प्राकृतिक विनाश : ९३ जनाको मृत्यु, ७ हजार जनावरको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

उत्तराखण्डमा प्राकृतिक विनाश : ९३ जनाको मृत्यु, ७ हजार जनावरको ज्यान गयो

देहरादून, १८ भदौ । उत्तराखण्डमा, यस वर्ष जुन १५ देखि, प्रकोपले एक सय भन्दा बढी परिवारलाई अपूरणीय क्षति बनाएको छ । यी परिवारले ९३ जना आफन्त गुमाएका छन् भने १६ जनाको अझै ठेगाना हुन सकेको छैन । यति मात्र होइन ५१ जना घाइते भएका छन् ।

पछिल्लो ८० दिन सम्पूर्ण राज्यको लागी कठिन थियो। विपद् व्यवस्थापन विभागको तथ्यांक हेर्दा विपद्ले ज्यान गुमाउने मात्रै नभएर १९१४ घरमा समेत क्षति पुगेको छ ।

तीमध्ये ५६ घर पूर्णरुपमा भत्किएका छन् भने १८१ घर बस्न योग्य छैनन् । बाँकी आंशिक क्षति भएको छ।

अविरल वर्षा, पहिरो र बाढीका कारण प्रदेशका सबै जिल्ला त्रसित भएका छन् । रुद्रप्रयाग जिल्लामा सबैभन्दा बढी मृत्यु भएको छ । यहाँ २१ जनाको ज्यान गएको छ भने १३ जना बेपत्ता छन् ।

प्रदेशमा विपद्का कारण पशुधनलाई पनि धेरै नोक्सान भएको छ । हालसम्म ७ हजार ७ सय ९८ गाई मरेका छन् । यसका साथै सडक, खानेपानी, बिजुलीको लाइन लगायतका सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ । यी सबैको मूल्याङ्कन अझै जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);