काठमाडौं, २ चैत्र । स्ववियु निर्वाचनका उम्मेदवारहरुले आज मध्यरातिदेखि प्रचार प्रसार गर्न नपाउने भएका छन् । उम्मेदवारहरुले आज चैत्र २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउनेछन् ।
१२ बजेपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न पाउनेछैैनन् ।
आगामी चैत्र ५ गते हुने निर्वाचनमा बिहान ८बजेदेखि ४ बजेसम्म समय तोकिएको छ । देशभरका ७० वटा क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।
This website uses cookies.