काठमाडौं, २९ माघ । प्रधानमन्त्री प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदा ‘जनयुद्ध दिवस’ भन्दै सार्वजनिक विदाको निर्णय गराएका छन् । मन्त्रिपरिषदको बैठक बसेर उक्त निर्णय लिइएको हो ।
प्रचण्ड आफैले नेतृत्व गरी १७ हजारभन्दा बढीको ज्यान जानेगरी भएको हिंसात्मक गतिविधिको सुरुवाती दिन हो फागुन १ । २०५२ फागुन १ बाट सुरु भएको माओवादी गतिविधिबाट प्रचण्ड सत्तासम्म पुग्न सफल भए ।
माओवादी गतिविधिलाई अझै धेरैले हिंसा भन्ने गरेका छन् । तर, प्रचण्डले यसैको बलमा गणतन्त्र, संघीयता र धर्मनीरपेक्ष ल्याउन सफल भएकाले दिवसकै रुपमा माओवादीहरु मनाउने गर्छन् । राज्यबाट सार्वजकि विदा पनि विगतमा माओवादी नेतृत्वको सरकार हुँदा घोषणा हुने गर्दथ्यो ।
This website uses cookies.