अर्थ ⁄ वाणिज्य

स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले आइपीओ जारी गर्दा तीन पटक सूचना प्रकाशित गर्नुपर्ने

काठमाडौं। अब स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले आइपीओ जारी गर्दा तीन पटक सार्वजनिक निष्काशनको लागि सूचना प्रकाशित गर्नुपर्ने भएको छ । कम्पनीले स्थानीय प्रभावित क्षेत्रका जनतालाई पहिलोपटक, वैदेशिक रोजगारमा गएकालाई दोस्रोपटक र सर्वसाधारणलाई तेस्रोपटक शेयर निष्काशन गर्नुपर्नेछ । नेपाल धितोपत्र बोर्डले हालै वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि आइपीओमा १० प्रतिशत कोटा तोकेपछि त्यस्ता कम्पनीले तीन पटक सार्वजनिक निष्काशन गर्नुपर्ने भएको हो । स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले यसअघि आयोजना प्रभावित जनताका लागि भनेर पहिलोपटक कुल शेयरको १० प्रतिशत शेयर प्राथमिक निष्काशन गर्दथ्यो ।

आयोजना प्रभावितलाई बाँडफाँड गरिसकेर बाँकी रहेको शेयर समेत थप गरेर पुनः सर्वसाधारणको लागि सार्वजनिक निष्काशन हुने गरेको थियो । दुईपटक शेयर निष्काशन गर्नुपर्दा नै प्रक्रिया जटिल भयो भनेर गु्नासो गर्नेहरुले वैदेशिक रोजगारीमा जानेहरुको लागि पनि फेरि छुट्टै आइपीओ जारी गर्नुपर्ने भएको छ ।

Related Post
Share

This website uses cookies.