राजनीति

नेकपाको सचिवालय बैठक भोलि बस्ने

काठमाडौं, १९ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि बस्ने भएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सोमबारको भेटवार्तापछि मंगलबार दिउँसो ४ बजेको लागिसचिवालय बैठक राख्ने निर्णय भएको बताइएको छ ।

यसअघि, नेकपाले आइतबारका लागि सचिवालय बैठक बोलाएको थियो। तर, प्रधानमन्त्री सचिवालयमा कोरोना फैलिएपछि स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा नियुक्तिका कामहरु गरेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल लगायतले असन्तुष्टि जनाइरहेका छन् ।

Related Post
Share

This website uses cookies.