क्वहोलासोथरका २१ घर पहिरोको उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

क्वहोलासोथरका २१ घर पहिरोको उच्च जोखिममा

लमजुङ। लमजुङको  क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोलको २१ घर पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जमिनमा बस्ती रहेकाले जोखिममा परेको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए। ‘दक्ष प्राविधिक ल्याएर पहिरोको थप अनुसन्धान गरेर रोकथाम गर्नुपर्नेछ,’ उनले भने ।दैनिकजसो पानी परिरहँदा स्थानीयहरू भने त्रसित हुने गरेका छन्। उक्त टोलमा १५० भन्दा बढी स्थानीय पहिरोले घर पुर्छकि भन्ने चिन्तामा छन्।

क्वहोलासोथर गाउँपालिका वडा नम्बर  ६ का अध्यक्ष मनलाल गुरुङले भने, ‘१५ असारमा ठूलो वर्षापछि पहिरो गएको थियो। सोपश्चात् पटकपटक थप पहिरो जाँदा बस्ती नजिकै पहिरो आइपुग्दा सिंगा बस्ती जोखिममा परेको छ। निर्माणाधीन ग्राभेल सडक बगैँचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका जग्गासमेत सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरो जाने सक्ने सम्भावना छ।’

पहिराले बस्ती जोखिम बनाएकोबारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङले जानकारी दिए।

Leave a Reply

ताजा समाचार

Test Post Created

५६ मिनेट अघि

test123123

९ घन्टा अघि

test123123

९ घन्टा अघि