नेपालको संविधान अब सबैको हातहातमा, पकेट संविधान प्रकाशित

काठमाडौं, ६ कात्तिक । नेपालको संविधान, २०७२ लाई आम नेपालीको हातहातमा पुर्याउन सरकारले पहिलो पटक सानो साइजमा ‘पकेट संविधान’ प्रकाशित गरेको छ। सर्वोच्च अदालत, विभिन्न मन्त्रालय र सरोकारवालालगायत अधिकांश निकायले पकेट संविधान प्रकाशित गर्न आग्रह गरेपछि कानुन किताब व्यवस्था विभागले पकेट संविधान प्रकाशित गरेको हो।

यसअघि संविधान जारी भएलगत्तै विभागले निःशुल्क वितरण गर्ने गरी २० हजार प्रति प्रकाशित गरेको थियो।‘पकेटमा बोक्न मिल्ने गरी सानो आकारमा पकेट संविधान प्रकाशित गरेका हौं।’ –विभागका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले भने । विभागले दुई हजार प्रति छपाइ गरेको छ।

संविधान जारी भएलगत्तै सरकारले देशको संविधान सबै नेपालीको हात–हातमा पुर्याउने घोषणा गरेको थियो। सोहीअनुसार पकेट संविधान प्रकाशित गरेको विभागको भनाइ छ। पकेट संविधान प्रकाशित गरेपछि सो संविधान खरिद गर्ने ग्राहकको संख्या ह्वात्तै बढेको बताइएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

Related Post
Share

This website uses cookies.