काठमाडौं, २८ कात्तिक । संसदबाट पारित गरिसकिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ राष्ट्रपतिको कार्यालयाट प्रमाणिकरणसमेत भइसकेको छ ।
उक्त ऐन मन्त्रालयको नाम श्रम तथा रोजगार मन्त्रालय रहेका बेला २०७४ साल साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । सो मन्त्रालयको नाम अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
उक्त ऐन कार्यान्वयन गर्न नियमावली बनाइँदै गरेको जानकारी दिँदै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले नियमावलीको मस्यौदा क्याबिनेट पुगेको बताउनुभयो ।
This website uses cookies.