माउण्टेन सहकर्मी मन्जु कार्की सम्मानित
काठमाडौं, २४ फागुन । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले संविधान र कानुनमा अधिकार लेखिए पनि महिलाको अवस्थामा सुधार आइनसकेको बताएकी छन् ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीले नारी दिवसका अवसरमा गरेको सम्मान कार्यक्रममा मन्त्री थापाले संविधान र कानुनले महिलालाई अधिकार सम्पन्न बनाए पनि अझै बोक्सी आरोपमा अपमानित हुने देखि घरभित्रको हिंसाको सिकार हुने क्रम नरोकिएको बताएकी छन् ।
मन्त्री थापाले महिलाहरुलाई समान बनाउन आर्थिक क्षेत्रमा समान हैसियत उपलब्ध गराउँदै सामाजिक कुरितिको पनि अन्त्य हुनुपर्ने बताइन् ।
उनले आफू मन्त्री भएको अवधिमा महिलाहरुलाई समान बनाउका लागि काम गर्ने बाचा गरन् । कार्यक्रममा माउण्टेन सहकर्मी मन्जु कार्कीसहित संचार तथा महिलाको क्षेत्रमा योगदान पुर्याएका संचारकर्मीलाई सम्मान गरिएको छ ।
This website uses cookies.