देश/समाज

रतुवामा बन्दैछ नमूना पुल

काठमाडौँ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नती भइरहेको काँकडभित्ता–लौकही सडक खण्डअन्तर्गत झापाको रतुवा खोलामा नमूना पुल धमाधम निर्माण भइरहेको छ । झापाको रतुवा लोहेन्द्रा र वक्रा तीन वटा पुललाई एउटा प्याकेजमा ठेक्का लगाएर धमाधम काम भइरहेको हो । काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्ड अन्तर्गत रहेको यो पुल निर्माणको हालसम्मको भौतिक प्रगती ६० प्रतिशत पुगेको छ । भने तीन वटा पुलको लागत ५ अर्ब ५० करोड रहेको छ । तीन सय मिटर भन्दा लामा पुलहरुलाई आकर्षक बनाउन ल्याण्डमार्क ब्रिजको रुपमा निर्माण भइरहेको काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतीले जानकारी दिनुभयो । उहाँले पूर्वी खण्डमा पनि तीन सय भन्दा लामा पुलहरु यही नमूनाअनुसार काम गरिरहेको बताउनु भयो । तीन वटा पुलको एउटै प्याकेजको साढे ५ अर्बको ठेक्का सम्झौता रकम रहेको बताउनु भयो । दुई नम्बरको ४० किलोमिटरको लागि साढे ९ अर्बको रहेको बताउनु भयो । तीन नम्बर पयकेजको भने साढे ४ अर्ब रहेको बताउनु भयो ।

झापाको दमक नगरपालिका र कमल गाँउपालिका जोड्ने रतुवा पुल खोलामा कुल ५ सय ८५ मिटरको  पुलको बिचको ८८ मिटरका तीन स्पानमा स्टील फ्याब्रिकेशन गरेर पुल निर्माण भइरहेको छ । ग्याल्बनाइज्ड स्टील प्रयोग गर्न निर्माण कम्पनीले मोरङको उर्लाबारीमा फ्याक्टी बनाएर काम गरिरहेको छ । निर्माण कम्पनी कोभेक सिआरीजिसी टुण्डी कन्टक्शनले काम गरिरहेको छ । भने स्टीलको काम चिनियाँ पक्षको प्रत्यक्ष सहभागीतामा भइरहेको छ ।

Related Post
Share

This website uses cookies.