राजनीति

टर्कीमा चट्टानी संरचना भत्किँदा तीन जनाको मृत्यु, पाँच घाइते

टर्कीको प्रसिद्ध पर्यटकीय क्षेत्र क्यापाडोसियामा चट्टानबाट बनेको अग्लो संरचना भत्किँदा तीन जनाको मृत्यु भएको छ । बिहीवार भएको घटनामा दुई जना टर्कीका नागरिकको मृत्यु भएको नेभसेहिर प्रान्तका गभर्नर हुसेइन कोकले सार्वजनिक प्रसारण संस्था टीआरटीलाई जानकारी दिनुभएको छ । मृत्यु हुने तेस्रो व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन । घटनामा अन्य पाँच जना घाइते भएका छन् । उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको गभर्नर कोकले बताउनुभएको छ । हालै भएको भारी वर्षाका कारण चट्टानी संरचना कमजोर भई भत्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । टर्कीको गणतन्त्र दिवसको सार्वजनिक बिदाका दिन गोरेमे खुला संग्रहालयको प्रवेशद्वार नजिकै उक्त घटना भएको हो । बिदाका कारण त्यस क्षेत्रमा पर्यटकको ठूलो भीड लाग्ने अपेक्षा गरिएको थियो । क्यापाडोसिया प्राकृतिक रूपमा बनेका अनौठा चट्टानी संरचनाका कारण विश्वभर प्रसिद्ध पर्यटकीय गन्तव्य हो । यहाँ रहेका ‘फेयरी चिम्नी’ नामले चिनिने अग्ला तथा साँघुरा चट्टानी संरचनाहरू लाखौँ वर्षदेखि हावा र पानीको क्षयीकरणका कारण बनेका हुन् । यी संरचनाहरू च्याउ, शङ्कु तथा टावरजस्ता आकारमा देखिन्छन् ।

Related Post
Share

This website uses cookies.