राजनीति

विश्वव्यापी तेल सञ्चिति खतरनाक स्तरमा झरेको साउदी अरामकोको चेतावनी

विश्वकै ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोका अध्यक्ष तथा सीईओ अमिन एच. नासिरले विश्वभर कच्चा तेलको सञ्चिति खतरनाक स्तरमा ओर्लिएको चेतावनी दिनुभएको छ । रियादमा आयोजित २५ औँ विश्व पेट्रोलियम काउन्सिल ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै नासिरले मौज्दातको अभाव र आपूर्ति श्रृंखलामा देखिएको समस्याले आगामी दिनमा ऊर्जा संकट गहिरिन सक्ने औँल्याएका हुन्।नासिरकाअनुसार हाल विश्वभरको व्यावसायिक स्थलगत (अनसोर) तेल भण्डार ६ अर्ब ब्यारेल भन्दा निकै तल झरेको छ, जसलाई उनले ‘अन्तिम सुरक्षा घेरा’ वा ‘बफर’ को रूपमा व्याख्या गर्नुभयो । अहिले उपलब्ध अधिकांश भण्डार पनि वितरणका लागि भन्दा पनि लक (सुरक्षित) अवस्थामा रहेकाले बजारमा थप दबाब सिर्जना भएको छ । विशेषगरी हर्मुज जलमार्गमा जारी अवरोधले विश्वव्यापी ऊर्जा आपूर्ति श्रृंखलालाई थप प्रभावित पारेको छ । नासिरले उक्त जलमार्ग पूर्ण रूपमा सञ्चालनमा नआउन्जेल र बजारमा विश्वासको वातावरण नफर्किएसम्म ऊर्जा श्रृंखलामा तनाव कायम रहने स्पष्ट पार्नुभयो । उहाँले हालको मागलाई सम्बोधन गर्दै रित्तिँदै गएको भण्डारलाई पुनः परिपूर्ति गर्न कम्तीमा दुई वर्षसम्म लाग्न सक्ने अनुमान गर्नुभएको छ । बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्ने रणनीतिका साथ साउदी अरामकोले आफ्नो उत्पादन क्षमता विस्तारमा पनि जोड दिएको छ । नासिरले सन् २०३० सम्ममा २०२१ को तुलनामा विक्री–ग्यास उत्पादन क्षमतालाई करिव ८० प्रतिशतले वृद्धि गर्ने कम्पनीको योजना रहेको जानकारी दिनुभयो । यो कदमले भविष्यमा देखिन सक्ने ऊर्जा अभावलाई केही हदसम्म कम गर्न सहयोग पु¥याउने कम्पनीको विश्वास छ ।

Related Post
Share

This website uses cookies.