देश/समाज

बाढीले क्षतिग्रस्त दूरसञ्चार पूर्वाधार पुनर्निर्माण तिब्रः मन्त्री तिमिल्सिना

काठमाडौँ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीका कारण क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको मर्मत कार्य तिब्रताका साथ अघि बढाइएको बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिव ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको बताउनुभएको हो । मन्त्री तिमिल्सिनाले बाढीबाट प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई प्राथमिकताका साथ पुनस्र्थापना गरिएको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार भोटेकोशी बाढीबाट नेपाल टेलिकमका तीन वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । जसमध्ये बाँकी साइटहरूमा वैकल्पिक टावरको व्यवस्था गरी सञ्चार सेवा अवरुद्ध हुन दिइएको छैन । हेलिकोप्टरमार्फत उपकरण ढुवानी गरेर रसुवागढी क्षेत्रमा सोलार प्रणालीसहितको टावर सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, पछिल्लो बाढीले गण्डकी प्रदेशका ११ जिल्लामा गरी कुल २९१ वटा साइटमा क्षति पु¥याएकोमा हालसम्म २४६ वटा साइट सञ्चालनमा आइसकेका छन् । बाँकी ४५ वटा साइटमा विद्युत आपूर्ति सुचारु हुनेबित्तिकै सेवा सञ्चालनमा आउने मन्त्री तिमिल्सिनाको भनाइ छ । यसका लागि ऊर्जा मन्त्रालयसँग समन्वय गरी प्राविधिक टोली र जेनेरेटर परिचालन गरिएको उहाँले बताउनु भयो । दूरसञ्चारसँगै फाइबर नेटवर्क र ब्याकबोन ट्रान्समिसनमा पुगेको क्षतिलाई पनि क्रमशः मर्मत गरिरहेको मन्त्री तिमिल्सिनाले जानकारी दिनुभयो । कतिपय स्थानमा फाइबर काटिँदा वैकल्पिक रूपमा माइक्रोवेभ प्रविधिमार्फत सेवा प्रदान गरिएको उहाँको भनाइ छ ।

Related Post
Share

This website uses cookies.