काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेन–जी आन्दोलनका अपराधीहरुलाई कारबाही किन नगरेको भन्दै प्रश्न गर्नुभएको छ ।मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले जेन–जी आन्दोलनका अपराधीहरूलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको ६ महिना बितिसक्दा पनि किन पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गर्नुभएको हो ।
अपराधी समाउन नसके कुर्सी छोड्न आग्रह गर्नुभयो । उहाँले भोटेकोशी बाढीका कारण सुरुङ दुर्घटनामा फसेका नागरिकहरूको उद्धारमा राज्यले चरम ढिलासुस्ती गरेको भन्दै आपत्ति जानउनु भयो । उहाँले राज्यको स्रोत र साधनको पहुँच हुँदाहुँदै पनि उद्धारमा भएको सात दिनको ढिलाइले बाँच्न सक्ने नागरिकको ज्यान गएको भन्दै यसलाई राज्यद्वारा गरिएको ‘हत्या’ को संज्ञा दिनुभयो । सांसद शाहीले राज्यसँग खरबौँको बजेट र सुरक्षा जनशक्ति भएपनि नागरिकको जीवन बचाउन नसक्नु लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।
This website uses cookies.