काठमाडौँ । लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसको अवसरमा शुक्रवार काठमाडौंको शोभा भगवतीस्थित उहाँको शालिकमा माल्यार्पण गरिएको छ ।
गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिकमा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरिएको हो । कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरिएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता सिंहलाई सम्मान गर्दै प्रत्येक वर्ष उहाँको स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ । गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा शुक्रवार देशभर विभिन्न कार्यक्रम आयोजना गरी उहाँको योगदानको स्मरण तथा सम्मान गरिँदैछ । लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंहलाई नेपाली राजनीतिमा त्याग, निष्ठा र संघर्षका प्रतिकका रूपमा स्मरण गरिँदै आएको छ ।
This website uses cookies.