राजनीति

इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा हिजबुल्लाहका सैन्य ठेगानाहरूमा आक्रमण

इजरायल रक्षा बल (आईडीएफ) ले शनिवार एक विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा हिजबुल्लाहका लडाकू र सैन्य पूर्वाधारहरूमा रातभर हवाई आक्रमण गरिएको जनाएको छ । आईडीएफकाअनुसार शुक्रवार साँझ दक्षिणी लेबनानको इजरायली नियन्त्रित सुरक्षा क्षेत्रमा हिजबुल्लाहले इजरायली सेनालाई लक्षित गरी ड्रोन प्रहार गरेपछि उक्त जवाफी कारबाही गरिएको हो । सो ड्रोन आक्रमणमा कुनै पनि इजरायली सैनिक घाइते नभएको सेनाले उल्लेख गरेको छ । इजरायली सैनिक र सर्वसाधारणमाथि आक्रमणको योजना बनाउन र निर्देशन दिन प्रयोग गरिने हिजबुल्लाहका हतियार भण्डारण केन्द्रहरूलाई मुख्य निशाना बनाइएको विज्ञप्तिमा उल्लेख छ । ‘तात्कालिक खतरालाई हटाउनका लागि यी आक्रमणहरू गरिएका हुन् ।’ सेनाले स्पष्ट पारेको छ ।
इजरायली सेनाले हिजबुल्लाहलाई आफ्ना नागरिक वा सैनिकहरूलाई हानि पु¥याउन नदिने बताउँदै युद्धविराम सम्झौताप्रति प्रतिवद्ध रहेरै खतराहरू निर्मूल पार्ने कार्य जारी राख्ने उद्घोष गरेको छ ।

Related Post
Share

This website uses cookies.