देश/समाज

जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह

काठमाडौं ।

नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले यो शोकलाई शक्तिमा बदल्न सरकारलाई निःसर्त साथ दिन आफूहरु तयार रहेको पनि बताउनुभयो । उहाँले जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रमुख सचेतक महरले आफ्नो गृहजिल्ला बझाङका दुई जना इन्जिनियरसमेत जलविद्युत आयोजनाको टनेलमा फसेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको जानकारी दिनुभयो ।उहाँल बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्यप्रति समेत सरकार गम्भीर हुनुपर्ने बतनउनु भयो ।

Related Post
Share

This website uses cookies.