२०८१,१०,१९
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताएका छन्। आज विश्व निकेतन माध्यमिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताए। उनले अरुको लहलहैमा लाग्नुभन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताए। उनले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताए। आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गरे।
उनले विदेशमा ठूला ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताए । उनले भने, ‘सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति हो। सेवा दिनकै लागि म राजनीतिमा लागेको हो। यहाँ अनेकौँ मान्छेहरु आउँछन्। चटकेहरु पनि आउँछन्। विदेशमा गएर ठूलोठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठूलो नेता बन्नका लागि मान्छेहरु नआएका होइनन्। तर, त्यस्ता मानिसहरूलाई जनताले छान्दा रोक्नुपर्ने र सेवा र विकासको भावना बोकेको व्यक्तिलाई छान्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मेहनतका साथ अध्ययन गर्नुपर्नेमा पनि जोड दिए।
This website uses cookies.