देश/समाज

हिउँदे अधिवेशन बोलाउँदै सरकार, सभामुख(प्रधानमन्त्री भेट

२०८१,९,७

संघीय सरकारले संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सभामुख देवराज घिमिरेसँग संसदको हिउँदे अधिवेशन बोलाउनेबारे पराशर्म गरेका हुन्। सभामुख घिमिरेसँगको परामर्शमा प्रधानमन्त्री ओलीले संसद भाषणमा होइन कानुन निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका सभामुखको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। अहिले दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दैछ। प्रधानमन्त्री ओली नेकपा ९एमाले० परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रमबाटै भर्खरै फर्केका छन्।

लगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने सम्भावना रहेको स्रोतले बताएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी ७ दललाई एक ठाउँमा उभ्याएर सदन बोलाउन दबाब दिए पछि सरकारले दुई सातामा संसद बोलाउन बाध्य भएको हो। गत साता मात्रै सरकारले एकै पटक पाँच वटा अध्यादेश जारी गरेको थियो।

यसअघि पनि प्रधानमन्त्री ओलीले अध्यादेशका विषयवस्तुबारे जानकारी दिने क्रममा १५र२० दिनमा संसद बस्ने बताएका थिए।

Related Post
Share

This website uses cookies.