पौष २६ शुक्रबार
राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।
यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता खोल्न सकिने भएको हो ।नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैङ्क तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ ।
राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा। भागवत आचार्यका अनुसार बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको होइन,आधिकारिकता दिइएको हो ।यसअघि नागरिकताका आधारमा बैङ्क खाता खोल्नू भन्ने निर्देशन पनि यथावत रहेको र अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर दिए पनि बैङ्कले खाता खोलिदिनुपर्ने उहाँले उज्यालोलाई जानकारी दिए।
This website uses cookies.