देश/समाज

बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे नौ अर्ब खर्च हुने

पौष २१ आइतबार
गएको असोज दोस्रो हप्ताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि नौ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । बाढीपछि गरेको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।बाढी पहिरोले काभ्रेको चौकीडाँडाबाट कालढुङ्गासम्मको आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।

सडकमा तीन किसिमका पर्खाल लगाउनुपर्ने देखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । भत्किएको सडकको जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले अध्ययन गरेको हो ।

सडकको पुनर्निर्माणको लागि बजेट व्यवस्था भइनसकेको र दातृ निकायहरुसँग छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए। आउँदो फागुनसम्ममा बजेटको व्यवस्था गरेर ठेक्का प्रक्रिया अघि बढाउने तयारी रहेको पनि उनले बताए।पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षायाममा गाडी चलाउन कठिनाइ ब्यहोर्नुपर्ने छ । सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार बीपी राजमार्गमा भत्किएको सडक मर्मत गर्न कम्तीमा दुई वर्ष लाग्छ ।

Related Post
Share

This website uses cookies.