२०८१,७,३०
आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ ।अस्ति बुधवार भएको एशिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले नेट रनरेटका आधारमा सन् २०२५ मा मलेसियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको छ ।
विश्वकपमा छनोट भएका खेलाडीसहितको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ ९क्यान० का पदाधिकारीलगायतले स्वागत गरेका छन् । विश्वकपमा पुगेसँगै नेपालले यही डिसेम्बरमा मलेसियामा नै हुने एसीसी १९ वर्षमुनिका महिला टी–२० एशिया कपमा समेत खेल्ने अवसर पाएको छ ।
यसैबीच, क्यानले १९ वर्षमुनिको महिला टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ नगद र टिममा रहेका अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
This website uses cookies.