राजनीति

भागेको छैन, पूर्णपाठ आएपछि आफैँ आउँछु , मनांगे

२०८१,७,२३

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ दीपक मनाङेले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आफैँ उपस्थित हुने बताएका छन्। मनाङेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसला प्राप्त नगरेको बताएका छन्।

ुविगत केही दिनयता विभिन्न अखबार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मेरो मुद्दाको गत कार्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीमार्फत थाहा पाएको हुँु, उनले भनेका छन्, ुअदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो।ु

फैसला आउँदाको दिनदेखि सञ्चार माध्ययमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको उनले बताएका छन्। ुयही विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको छ। यसमा मेरो आपति
छु, उनले भनेका छन्।

Related Post
Share

This website uses cookies.